+
+

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । मन्त्रालयको चौथो तलामा क्षति पुगेको छ । क्षतिको सबै विवरण आउन बाँकी छ । उक्त तलामा रहेका कार्यकक्षबारे पनि खुलेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २६ गते ९:४८

२६ माघ, काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागी भएको १५/१६ मिनेटमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए ।

एसएसपी खनालका अनुसार बिहान ८ बजेर ४६ मिनेट जाँदा भौतिक मन्त्रालयसँग जोडिएको खानेपानी मन्त्रालयको भवनको चौथो तलामा आगलागी भएको थियो ।

उनका अनुसार आगलागीमा खानेपानी मन्त्रालयको भवनमा क्षति भएको छ । ‘बिहान ८:४६ मा भौतिक मन्त्रालय र खानेपानी मन्त्रालय जोडिएको भवनमा आगलागी भएको थियो । खानेपानी मन्त्रालयको भवनमा क्षति पुगेको छ । नियन्त्रणमा आइसक्यो,’ उनले भने, ‘क्षतिको अरु विवरण आइसकेको छैन ।’

 तस्वीर : राजेन्द्रविक्रम शाही

भिडियो –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?