+
+

खानेपानी मन्त्रालयका ३ कोठाका कागजात जलेर ध्वस्त

खानेपानी मन्त्रालयको चौथो तलाका ३ कोठा जलेर ध्वस्त भएका छन् । त्यहाँ रहेका कागजात पनि बाँकी छैनन् । यही तलामा मन्त्रीको कार्यकक्ष थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २६ गते १०:३९
Photo Credit : RSS

२६ माघ, काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ ।

क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ ।

चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत थियो । अरु कुन-कुन कार्यकक्ष थियो भन्ने खुलेको छैन ।

सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा बिहान साढे ८ बजेको समयमा आगलागी भएको थियो ।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको थियो ।

उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।

आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?