+
+

‘जनै हराएको बाहुन’मा जोडिए गौरव र रियर

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २६ गते ११:२१
गौरव पहारी दायाँबाट दोस्रो र रियर राई दायाँबाट तेस्रो ।

काठमाडौं । छायांकन तयारीमा रहेको फिल्म ‘जनै हराएको बाहुन’मा अभिनेताद्वय गौरव पहारी र रियर राईको प्रवेश भएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने फिल्ममा यसअघि विजय बराल अनुबन्धित भैसकेका छन् ।

पेपरक्लिप प्रालिले बनाउन लागेको फिल्ममा एसोसियट निर्देशन मनिष राउतले गर्दैछन् । ‘प्रेमगीत ३’मा फिचर फिल्ममा डेब्यु गरेका राउत अभिनेताको रुपमा समेत चर्चित छन् ।

भानुभक्त ढकालको पटकथा र संवाद रहको फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा पेश गर्नेछ ।

निर्मातामा सीआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् । छायांकनरमा नवीन गुरुङ, क्रिएटिभ निर्देशकमा सम्राट महर्जन ज्याक छन् ।

भीएफएक्स सुपरभाइजर मयङ्क निरौला छन् । निर्मातामध्येका न्यौपानेका अनुसार फिल्मले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ । २०८१ सालको अन्त्यसम्ममा छायांकन सुरु गर्ने लक्ष्य राखिएको फिल्मलाई आँउँदो वर्ष प्रदर्शन तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?