+

एनएसएल च्याम्पियन फ्रेन्च गोलकिपर बाल्टुसले फेरि ललितपुरबाटै खेल्ने

२०८१ माघ  २६ गते ११:४३ २०८१ माघ २६ गते ११:४३
एनएसएल च्याम्पियन फ्रेन्च गोलकिपर बाल्टुसले फेरि ललितपुरबाटै खेल्ने

२६ माघ, काठमाडौं । फ्रेन्च गोलकिपर जेफ्री बाल्टुसले तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) पनि ललितपुर सिटी एफसीबाटै खेल्ने भएका छन् ।

ललितपुले सामाजिक सञ्जाल फेसबुकमा ‘किङ इज रिटर्निङ’ भन्दै भिडियो पोष्ट गर्दै जेफ्री बाल्टुसले फेरी एनएसलएल खेल्ने पुष्टि गरेको छ । बाल्टुसले पनि आफू फेरि एनएसएल खेल्न आउन लागेको बारेको भिडियो पोष्ट गरेका छन् ।

गत वर्ष भएको दोस्रो सिजन ललितपुर सिटीबाट खेल्दै बाल्टुसले उपाधि जितेका थिए । साथै उनी बेस्ट गोलकिपर समेत घोषित भएका थिए ।

फ्रान्सका बाल्टुस दोस्रो पटक नेपालमा खेल्न आउन लागेका हुन् । सन् २०११ बाट व्यावसायिक लिग खेल्न थालेका जेफ्रीले फ्रान्सको दोस्रो, तेस्रो र चौथो डिभिजनको लिग फुटबल खेलिसकेका छन् ।

लिग वान क्लब अजुरेको एकेडेमीकोबाट आएका बाल्टुसले फ्रान्सको यू-१७ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । उनले फ्रान्सको दोस्रो, तेस्रो र चौथो डिभिजनमा गरी १०० भन्दा बढी खेले खेलेका छन् ।

उनले गत वर्ष नेपाल आउनुअघि फ्रान्सको तेस्रो श्रेणीको क्लब एफसी राउनका लागि खेलेका थिए । ललितपुर सिटीबाट एनएसएल जितेपछि उनले बेल्जियम तेस्रो श्रेणीको क्लब रोएल स्टेके सेन्ट जर्ज सरमुस क्लबबाट खेलेका थिए ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने एनएसएलको तेस्रो सिजन आगामी मार्च २९ (चैत १६) देखि सुरु हुनेछ ।

जेफ्री बाल्टुस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय