+

एमबाप्पेको गोलमा रियलले मड्रिड डर्बीमा हार टार्‍यो

२०८१ माघ  २७ गते ७:३४ २०८१ माघ २७ गते ७:३४
एमबाप्पेको गोलमा रियलले मड्रिड डर्बीमा हार टार्‍यो

२७ माघ, काठमाडौं । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको मड्रिड डर्बी बराबरीमा सकिएको छ । रियल मड्रिड र एट्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेलेका हुन् ।

रियलको मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा पाहुना टोलीले अग्रता लिएको थियो भने रियलले बराबरी गोल फर्काउँदै हार टारेको हो । एट्लेटिकोका जुलियन अल्भारेजले १ गोल गर्दा रियलका लागि किलियन एमबापेले गोल गरे ।

खेलको ३५औं मिनेटमा अल्भारेजले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई खेलमा अग्रता दिलाएका थिए । ५०औं मिनेटमा एमाबापेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि थप गोल भएनन् र मड्रिड डर्बी १-१ को बराबरीमा सकिएको हो । यस बराबरीले एट्लेटिको शीर्षस्थानमा उक्लने मौका गुमाएको छ ।

२३ खेलबाट रियलको ५० र एट्लेटिको ४९ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ४५ अंकसहित तेस्रो स्थानमा छ ।

स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय