+

आहारारा पोखरा गोल्डकप : थ्रीस्टार र मछिन्द्र क्वाटरफाइनलमा भिड्दै

२०८१ माघ  २७ गते ७:२५ २०८१ माघ २७ गते ७:२५
आहारारा पोखरा गोल्डकप : थ्रीस्टार र मछिन्द्र क्वाटरफाइनलमा भिड्दै

२७ माघ, पोखरा । २४औं आहरारा पोखरा गोल्डकपको दोस्रो क्वाटरफाइनमाल आज ए डिभिजनका दुई क्लब थ्री स्टार र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।

मछिन्द्र प्रिक्वाटरफाइनलमा विभागीय टोली एपीएफ एफसीलाई हराउँदै क्वाटरफाइनल पुगेको हो भने थ्री स्टालरे बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

यी दुई टोलीबीचको हेभिवेट भिडन्त हुने अपेक्षा राखिएको छ । किनभने दुवै टोलीमा नयाँ र पुराना चर्चित खेलाडीहरु छन् ।

थ्रीस्टार ५ पटकको आहारारा गोल्डकपको च्याम्पियन टोली समेत हो । मछिन्द्रले भने अहिलेसम्म पोखरामा उपाधि जित्न सकेको छैन ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका विराज महर्जनको कप्तानीमा रहेको थ्री स्टारमा कमल श्रेष्ठ, रुपेश केसी, लक्ष्मण रुचाल, फोडे फोफाना जस्ता खेलाडी थपिएका छन् ।

गत वर्ष आहारारा पोखरामा खेलेका विराजसहित गोलकिपर अभिषेक बराल, डिफेण्डर योगेश गुरुङ र जीवन गुरुङ मिडफिल्डर विवेक पौडेल, विंगर दिपेश घले र दिपेश आले मगर र फरवार्ड आशिष चापागाईँ यस पटक पनि थ्री स्टारमै टिममा छन् ।

थ्री स्टारको प्रशिक्षकमा यस पटक गणेश खड्का छन् ।

उता गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको मछिन्द्रमा मनिष डाँगी, आयुष घलान, सनिश श्रेष्ठ, देवेन्द्र तामाङ, विमल घर्ती मगर जस्ता चर्चित नामहरु छ । राष्ट्रिय टिमको अनुभव लिएका आधा दर्जन भन्दा बढी खेलाडी रहेको मछिन्द्रमा ओमालाजा करिम, आन्द्रे निया जस्ता नेपाली घरेलु फुटबलमा अनुभव भएका विदेशी खेलाडी छन् ।

यस्तै आदित्य शाक्य, सौरभ लिम्बु, छिरिङ गुरुङ लगायत खेलाडी पनि मछिन्द्रको टिममा छ ।

आहारारा पोखरा गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय