+

राखेप सदस्य सचिवको कार्यकक्ष तोडफोडप्रति ३४ खेल संघको भर्त्सना

२०८१ माघ  २७ गते ८:२२ २०८१ माघ २७ गते ८:२२
राखेप सदस्य सचिवको कार्यकक्ष तोडफोडप्रति ३४ खेल संघको भर्त्सना

२७ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवको कार्यकक्षमा भएको घटनाप्रति विभिन्न ३४ खेल संघले भर्त्सना गरेका छन् । संघहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनाको भर्त्सना गरेका हुन् ।

शुक्रबार नेपाल उसु महासंघका पदाधिकारीले सदस्यसचिव टंकलाल घिसिङको कार्यलयमा तोडफोड गरेका थिए । नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएको उसु महासंघका पदाधिकारीले त्रिपुरेश्वरस्थित राखेप कार्यलयमा ज्ञापनपत्र बुझाउने क्रममा उक्त घटना भएको थियो ।

यस घटनाको भर्त्सना गर्दै ३४ खेल संघका अध्यक्ष तथा महासचिवले शनिबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी सदस्य सचिवको कार्यालयमा भएको हुलहुज्जत र तोडफोडप्रति विरोध जनाए ।

सबै खेल संघले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने माग समेत गरेका छन् । ‘सदस्य सचिवको कार्यकक्षमा केही अराजक व्यक्तिहरू प्रवेश गरी अभद्र व्यवहार तथा गालीगलौच गर्दै राज्यको सम्पत्ति तोडफोड गरेको घटनाको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ। यसरी नेपाली खेलकुदको सर्वोच्च निकायमा भएको अराजक गतिविधिको राष्ट्रिय खेल संघहरु घोर भर्त्सना गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।

यस घटनालाई लिएर शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष रहेको नेपाल उसु महासंघको समूहले भने उक्त ध्यानाकर्षण रहेको उल्लेख गर्दै निन्दासमेत गरेको छ ।

नेपाल उसु महासंघको नाममा दुई संघ अस्तिस्वमा रहेकोले पनि पछिल्लो समयम उसुमा विवाद देखिँदै आएको थियो । कर्माचार्य रहेको उसु महासंघलाई सरकारी मान्यता छ भने अर्को उसु महासंघ नेपाल ओलम्पिक कमिटीमा आबद्ध छ र अन्तर्राष्ट्रिय मान्यता छ ।

दुवै महासंघ मिलाएर एकै महासंघ बनाउन प्रयास भएपनि त्यो सफल हुन सकेको छैन । दुवैले आफू नै मुख्य पदमा हुनुपर्ने माग राखेपनि यो विवाद मिल्न सकेको छैन ।

खेल संघको भर्त्सना राखेप घटना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय