+
+

हरिवंशको ‘हरिबहादुरको जुत्ता’ दशैंमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १२:३७
आइतबार ‘हरिबहादुरको जुत्ता’को छायांकन थलो काभ्रेमा हरिवंश आचार्य (बायाँदेखि), दीपेन्द्र के खनाल र स्वस्तिमा खड्का ।

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रदर्शन मिति तय भएको छ । हरिवंशले सामाजिक संजालमार्फत यो फिल्म आगामी दशैंको फूलपातिमा आउने उल्लेख गरेका छन् ।

निर्माता सरोज ओलीले वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टसँगको सहमतिमा फिल्म दशैंमा ल्याइने तय भएको जनाए । दीपेन्द्र के खनालले निर्देशन गरिरहेको यो सोसल कमेडी ड्रामाको छायांकन हरिवंशको जन्मथलो काभ्रेको पनौती क्षेत्रमा भैरहेको छ ।

फिल्म दशैंमा आउने जनाउँदै हरिवंश लेख्छन्- ‘हरिबहादुर पनि जुत्ता फुकालेर यसपालीको दशैंमा (फूलपाति) टीका लगाउन आउने भो ।’ यो फिल्ममा मुरलीधर प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसीको पनि अभिनय छ ।’

यसअघि दशैंमा रोहित अधिकारीको ‘माइतीघर’, परिच्छेद सेनको ‘महाराजधिराज’, षट्कोण आर्ट्सको अनटाइटल फिल्म र सुशिल पोखरेलको ‘परालको आगो’ले औपचारिकरुपमा प्रदर्शन मिति घोषणा गरेका छन् । दीपकराज गिरी, विराज भट्ट, सन्तोष सेन, अशोक शर्मा लगायतले पनि फिल्म दशैंमा ल्याउने बताएपनि यसबारे टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?