+
+

नेसपा (नयाँ शक्ति)को महाधिवेशनमा नयाँ र वैकल्पिक पार्टीलाई मात्रै निम्तो

महाधिवेशनको उद्घाटन सत्र अहिले चलिरहेको छ । उद्घाटन सत्रमा सहभागी हुन नयाँ र वैकल्पिक पार्टीहरूलाई मात्रै निम्तो दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १४:०१

२७ माघ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजबाट सुरु भएको छ । काठमाडौंस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको महाधिवेशन माघ आगामी २९ गतेसम्म चल्ने बताइएको छ ।

महाधिवेशनको उद्घाटन सत्र अहिले चलिरहेको छ । उद्घाटन सत्रमा सहभागी हुन नयाँ र वैकल्पिक पार्टीहरूलाई मात्रै निम्तो दिइएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डोल प्रसाद अर्याल, विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटा लगायत पुगेका छन् ।

अन्य ठूला राजनीतिक दलका नेतृत्वलाई भने अधिवेशनमा निम्तो दिइएको छैन ।

महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?