
काठमाडौंँ । ‘जोय मोडल हन्ट नेपाल’ सिजन ९को उपाधि विवश विष्ट र नेहा बुढाले जितेका छन् । विवश पुरुष र नेहा महिलातर्फको शीर्ष विजेता बने । दुबै विजेताले कम्बोडियोमा हुने ‘मिस्टर एण्ड मिस सेलेब्रिटी इन्टरनेसनल २०२५’मा मुलुकको प्रतिनिधित्व गर्नेछन् ।
काठमाडौंमा आयोजित नवौं संस्करणको प्रतियोगितामा ३३ युवती र १७ युवाले आकर्षक प्रस्तुति दिएका थिए । प्रतियोगितामा फेसन, स्टाइल, ग्ल्यामरको अभूतपूर्व संयोजन देखियो ।
आदित्य थपलिया र मोना केसी फस्ट रनरअअप, एलेन डंगोल र चाँदनी श्रेष्ठ सेकेन्ड रनरअप चुनिए । उत्कृष्ट ५ मा पुरुषतर्फ मनिष गौतम र प्रसुन कुमार तथा महिलातर्फ पूजा सिंह राजपूत र रानी खड्का पुगेका थिए ।
स्मृति लम्साल, सिला र कासाजस्ता ब्राण्डका नेपाली डिजाइन तथा ब्ल्याकबेरिज् र क्यान्टाविलजस्ता अन्तर्राष्ट्रिय ब्राण्डका डिजाइन पहिरिएर सहभागिले प्रस्तुति दिए ।
उत्कृष्ट १२ सम्म पुगेका महिला र उत्कृष्ट ८ सम्म पुगेका पुरुष सहभागिले मनिष राईका डिजाइन पहिरिए । आयोजना नेक्स्ट मोडल्स नेपालले गरेको हो । निर्देशन रवि धमला र यतना पाण्डेले गरेका थिए । सुपर मोडल सविता कार्कीको कोरियोग्राफी रहेको प्रतियोगिता संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।
प्रतियोगितामा आवरण मोस्ट स्टाइलिस अवार्ड मनिष गौतम र जेनिता सेन्चुरीले प्राप्त गरे । केएफसी बेस्ट पर्सनालिटी विधामा सुजल श्रेष्ठ र अनिमा भण्डारी उत्कृष्ट ठहरिए ।
रियलमी बेस्ट-वाक विधामा छेवाङ शेर्पा र पूजा सिंह राजपूतले बाजी मारे । द वीच हाउस पब्लिक च्वाइसतर्फ आदित्य कौशल र सारु कार्कीडोली परियार विजेता बने । आर्टेसियम प्रा्ेडक्सन मोस्ट फोटोजेनिकतर्पm प्रसुन कुमार र अनुजा पौडेल, रिगाल फिटनेस मोडलतर्फ आयन चौधरी र वेष्ट फिगरमा नेहा बुढा विजेता चयन भए ।
विवश विष्ट र चाँदनी श्रेष्ठले क्यान्टाविल टप मोडलको अवार्ड प्राप्त गरे भने खल्ती मोष्ट पपुलर विधामा कृतिका खड्का र खेमराज पोखरेल विजयी चयन भए ।
फिनालेमा पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ, मिस्टर नेपाल २०२४का विजेता सन्तोष लोक्सम लिम्बु, जोय कस्मेटिक्सका नेपाल प्रमुख मदन रौनियार, फेसन कोरियोग्राफर मनिष राई, सुपरमोडल एवं फेसन कोरियोग्राफर आस्था पोखरेल निर्णायक थिए ।
प्रतिक्रिया 4