
२७ माघ, काठमाडौं । आजबाट सुरु नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा आयोजक कमिटी भंग गरिएको छ ।
डा.बाबुराम भट्टराई नेतृत्वको आयोजक कमिटी भंग गरी पाँच सदस्य अध्यक्ष मण्डल चयन गरिएको छ । अध्यक्ष मण्डलमा भक्तबहादुर शाह, दुर्गा सोब, सिर्जना रिजाल, महेन्द्र श्रेष्ठ र चिनक कुर्मी छन् ।
यो अध्यक्ष मण्डलले महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि छलफल गराएर निष्कर्ष निकाल्नेदेखि नयाँ नेतृत्व चयन सम्मको कार्य पुरा गर्नेछ ।
नेसपा (नयाँ शक्ति) मा ११ पदाधिकारी सहित ९९ सदस्यीय केन्द्रीय कार्य समिति चयन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4