+
+
Shares

खेम सेन्चुरीले लात्तीले बजर थिचेको घटना जनवरीकै ‘उत्कृष्ट पर्फमेन्स’को सूचीमा

ग्लोबल भ्वाइसले नै कोच खेम सेन्चुरीले लात्तीले बजर बजाएको उक्त कार्यलाई सन् २०२५ को जनवरी महिनाकै उत्कृष्ट पर्फमेन्सको सूचीमा राखेको छ । विभिन्न देश र भाषिक संस्करणका भ्वाइसको बेस्ट पर्फमेन्सको सूचीमा नेपालबाट यो दृश्य समेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १७:५९

काठमाडौं । टिभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को सुरुवाती एपिसोडमा खुट्टाले बजर थिचेपछि कोच खेम सेन्चुरीले धेरै गाली खाए । सामाजिक संजालमा उनलाई गाली गर्नेको ओइरो नै लाग्यो ।

खुट्टाले बजर बजाउने सेन्चुरी न पहिलो कोच थिए, न अन्तिम नै । विश्वचर्चित यो रियालिटी शो कोचको आफ्नो स्टाइल र प्रस्तुतिले चर्चित छ । यसको सुन्दर जवाफ निर्देशक लक्ष्मण पौड्यालसँग थियो । उनले भनिदिए– जसले कोच सेन्चुरीको विरोध गर्नुभएको छ । उहाँहरू नयाँ हुनुहुन्छ । नयाँ दर्शक आउनुभएकोमा खुसी छौं ।’

यतिबेला, ग्लोबल भ्वाइसले नै कोच खेम सेन्चुरीले लात्तीले बजर बजाएको उक्त कार्यलाई सन् २०२५ को जनवरी महिनाकै उत्कृष्ट पर्फमेन्सको सूचीमा राखेको छ । विभिन्न देश र भाषिक संस्करणका भ्वाइसको बेस्ट पर्फमेन्सको सूचीमा नेपालबाट यो दृश्य समेटिएको छ ।

दर्शकले गाली गरिरहेको बेला भ्वाइसले नै उत्कृष्ट पर्फमेन्स भन्दै कोच खेमलाई पुरस्कृत गरेपछि उनी खुसी नहुने कुरै भएन । सामाजिक संजालमा उनले यो सेयर गरेर आलोचकलाई जवाफ दिएका छन् । भ्वाइस अफ नेपालको छैटौं सिजन यतिबेला हिमालय टिभीबाट प्रसारण भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?