+
+
Shares

जनकपुरका थप तीनवटा अवैध अस्पताल बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १९:००

२७ माघ, जनकपुरधाम । जनकपुरधामका थप तीनवटा अस्पताल बन्द भएका छन् । जनकपुरधामको अरमान हस्पिटल प्रा.लि., जनकपुर सीता हस्पिटल प्रा.लि. र बीएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि आइतबार बन्द भएको हो ।

ब्निादर्ता संचालितमध्ये यी तीनवटा अस्पतालका सञ्चालकले आफैं ताला लगाएर साँचो मधेश सरकारलाई बुझाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत एवं अनुगमन समितिका सदस्य सन्तोष ठाकुरले जानकारी दिए ।

उपचारमा चरम लापरबाही गरेको घटना बाहिरिएपछि मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमन तथा निर्देशनमा जनकपुरधामको पिडारीचोकस्थित रहेको मुस्कान अस्पताल शनिबार नै बन्द भइसकेको छ ।

दर्ताबिना जनकपुरमा अधिकांश अस्पताल चलिरहेको छ । उपचारमा चरमलापरवाहीलेले पटक पटक बिरामीको जीवनसँग खेलबाड भइरहेको अनलाइनखबरले सार्वजनिक गरेको समाचार पछ्याउँदै मुख्यमन्त्रीले शनिबार एकैपटक २० वटा निजी अस्पतालमा छड्के अनुगमन गरेका थिए ।

त्यस क्रममा अधिकांश अस्पताल बिना दर्ता र मापदण्डविपरीत पाइएको थियो ।

बिना दर्ता चलिरहेको अस्पतालबाट विरामीलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गरी सञ्चालक आफै ताल्चा लगाएर आइतबार ११ बजेसम्म साँचो बुझाउन निर्देशन दिँदै नभए सरकारी टोलि परिचालन गरी बन्द गर्ने चेतावनी समेत मुख्यमन्त्री सिंहले दिएका थिए ।

उनको निर्देशन पालना गर्दै तीनवटा बिनादर्ता संचालित अस्पतालले ताल्चा लगाएर साँचो सरकारलाई बुझाएका हुन् । अब अन्य अस्पताललाई के गर्ने भन्नेबारे छलफल भइरहेको अनुगमन समिति सदस्य ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?