+
+
Shares

प्रक्रिया सहज बनाउन नागरिकता ऐनको संशोधन पेस गरेका हौं : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १९:३७

२७ माघ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउनेका लागि नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन संसदमा पेस गरिएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ लाई अनुमति प्रस्तुत गर्दै गृहमन्त्री लेखकले नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकमा विशेष गरी एकल आमाका सन्तानलाई नागरिकता प्राप्तिमा सहज पार्न नागरिकता ऐनलाई संशोधन गर्न खोजिएको उल्लेख गरे ।

‘कुनै व्यक्तिको जन्म दर्ता वा शैक्षिक योग्यताको प्रमाण पत्रमा बुबाको नाम उल्लेख भएको तर निजको बुबा हाल सम्पर्कमा नभएको भनी निजले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानी निजलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गर्न वा कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बुबाको नाम ठेगाना उल्लेख गर्नुपर्दैन भनि निवेदन दिएमा सोही बमोजिम नेपाली नागरिकता प्रदान गर्न तथा १६ वर्ष उमेर नपुगेको बालबालिकालाई नाबालक परिचयपत्र प्रदान गर्ने सहितका विषयलाई नेपाल नागरिकता ऐनमा समावेश गर्नुपर्ने भएकाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद प्रतिनिधि सभा पेस गर्दछु,’ उनले भने ।

उनले कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे त्यो पनि पाउने व्यवस्था विधेयकमा गरिएको पनि बताए ।

कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिए त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना नराख्ने गरी सहज व्यवस्थाका लागि विधेयक पेश गरिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?