+
+
Shares

भेरी नदीमा बेपत्ता भएका अर्का एक जनाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते २०:२३

२७ माघ, काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिका– १० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका अर्का एक जनाको शव भेटिएको छ ।

सशस्त्र प्रहरीको गोताखोरले आइतबार दिउँसो पुर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने १८ वर्षीय अर्जुन झाक्री मगरको शव भेटाएको हो ।

मगरको शव उनीहरु डुवेको स्थलभन्दा करिब २ सय मिटर दक्षिणतर्फ भेटिएको सशस्त्र प्रहरीका सह-प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले बताए ।

सह-प्रवक्ता थापाका अनुसार उनीहरु निमार्णधिन झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदीमा खसेर बेपत्ता भएका थिए ।

यसअघि माघ २४ गते सोही ठाउँ बस्ने २४ वर्षीय अनिल घर्तिको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको थियो।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोली उनीहरुको खोजिकार्यको लागि निरन्तर परिचालन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?