
२८ माघ, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशत बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २३ करोड ९ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा यस्तो नाफा १२ करोड ३६ लाख रुपैयाँ थियो ।
खुद प्रिमियम आम्दानी उल्लेख्य बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब ५७ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब १८ करोड छ । नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ ।
वार्षिक प्रतिसेयर आम्दानी पहिले ६ रुपैयाँ ६० पैसा रहेकोमा अहिले ११ रुपैयाँ ७३ पैसा छ । प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८२ पैसा छ ।
यस कम्पनीको हाल चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ । कम्तीमा ५ अर्ब हुनुपर्ने व्यवस्थाअनुसार कम्पनीले १ अर्ब ७ करोड चुक्ता पूँजी थप गर्नुपर्ने छ । आइतबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ७२९ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4