+
+
Shares

श्रीलंकामा एउटा बाँदरले गर्दा देशभरिको विद्युत आपूर्ति प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १३:३७

२८ माघ, काठमाडौं । विद्युत आपूर्ति अवरुद्ध हुँदा श्रीलंकामा आइतबारदेखि अन्धकार छाएको छ । देशव्यापी रुपमा विद्युत आपूर्ति अवरुद्ध हुनुको कारण बाँदरलाई देखाइएको छ ।

श्रीलंकाका ऊर्जामन्त्री कुमार जयकोदीले ग्रिड ट्रान्सफरमा बाँदर पुगेपछि पूरै प्रणाली नै प्रभावित भएको बताएका छन् । त्यहाँका स्वास्थ्य संस्था तथा पानी शुद्धीकरण प्लान्टलाई प्राथमिकतामा ध्यान दिएर समस्या समाधान गर्ने प्रयास भइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख थरेका छन् ।

एउटा बाँदरले पूरै विद्युतीय प्रणालीमै असर पारेको सरकारी अधिकारीको प्रष्टीकरण पछि अहिले सामाजिक सञ्जालमा विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?