+

शीतकालीन एसियाली खेलकुदमा नेपाली खेलाडीको सन्तोषजनक प्रदर्शन

२०८१ माघ  २८ गते १६:३७ २०८१ माघ २८ गते १६:३७
शीतकालीन एसियाली खेलकुदमा नेपाली खेलाडीको सन्तोषजनक प्रदर्शन

२८ माघ, काठमाडौं । चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा नेपाली खेलाडीले सन्तोषजनक प्रदर्शन गरेका छन् । प्रतियोगितामा नेपालका तर्फबाट कुल चार खेलाडीको सहभागिता रहेको थियो । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये २९औं स्थानमा आएका छन् ।

उनले दुवै रन एक मिनेट ५८.८६ सेकेन्डमा पूरा गरे । त्यसमा कुल ५८ खेलाडीले प्रतिस्पर्धा गरे । रन–टुमा दुई खेलाडीले प्रतिस्पर्धा नै पूरा गर्न सकेनन् भने थप चार खेलाडी छनोट भएनन् । यस्तै रन–वान ११ खेलाडीले पूरा गर्न सकेनन् । त्यसमा नेपाली खेलाडी चोवाङ मिङग्युर तामाङ पनि रहे ।

यस्तै रन–वानमा अन्य दुई खेलाडी छनोट हुन सकेनन् । महिलातर्फ सहभागी दुवै खेलाडीले स्पर्धा पूरा गरेका छन् । त्यसमध्ये देबोरा तिमल्सिना ३४ र लक्ष्मी राई ३५ औं स्थानमा रहिन । देबोराले दुवै रन तीन मिनेट ७.०६ सेकेन्डमा पूरा गरिन् । यस्तै लक्ष्मीले तीन मिनेट २२.१३ सेकेन्डको समय निकालिन् ।

स्पर्धा पूरा गर्ने कुल खेलाडी पनि ३५ नै रहेको थियो । उनीहरूको पछाडि रन–टु पूरा नगर्ने तीन र रन–टुमा छनोट हुन नसक्ने तीन खेलाडी रहे । रन–वानमा भने दुई खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् भने दुई खेलाडी छनोट नै हुन सकेनन् ।

शीतकालीन एसियाली खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय