+
+
Shares

०८३ सालभित्रै पार्टीको महाधिवेशन हुनुपर्छ : पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १७:२७

२८ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कांग्रेसको महाधिवेशन ०८४ पछि गरेर पार्टीमाथि वैधानिक संकट पार्ने अधिकार कसैलाई नभएको जिकिर गरेका छन् ।

सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले०८४ भन्दा पछाडि अधिवेशन गर्दा पार्टीको वैधानिक संकट पैदा हुने बताए ।

‘०८४ भन्दा पछाडि अधिवेशन गर्‍यौँ भने पार्टीको वैधानिक संकट हुने स्थिति हुन्छ । पार्टीमाथि वैधानिक संकट पार्ने अधिकार कसैलाई पनि छैन,’ मन्त्री पौडेलले भने ।

अहिलेका नेताहरु मात्रै सत्तामा बस्नको लागि कांग्रेस नबनेको बताउँदै पछिल्लो पुस्ताका लागि लोकतन्त्रको पहरेदार शक्तिको रुपमा सधैँ स्थापित हुनुपर्ने बताए ।

‘यो पार्टी हामी मात्रै सत्तामा बस्नका लागि होइन । पछिल्लो पुस्ताका लागि लोकतन्त्रको पहरेदार शक्तिको रुपमा सधैँ स्थापित हुनुपर्छ । ०८३ सालभित्रै अधिवेशन हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?