+

आहारारा पोखरा गोल्डकप : अन्तिम क्वाटरफाइनलमा दुई विदेशी क्लब भिड्दै

२०८१ माघ  २९ गते ८:५० २०८१ माघ २९ गते ८:५०
आहारारा पोखरा गोल्डकप : अन्तिम क्वाटरफाइनलमा दुई विदेशी क्लब भिड्दै

२९ माघ, पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच आज खेल हुनेछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।

दुवै टोली पहिलो पटक आहारारा पोखरा गोल्डकप खेल्दैछन् । सिक्किमको थण्डबरबोल्ट युनाइटेडले पहिलो खेलमा संकटा एफसीलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो ।

उता उज्बेकिस्तानको ब्लाक बुल्स एफसीले भने बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । यो खेलको विजेताले सेमिफाइनलमा नेपालको ए डिभिजन क्लब थ्रीस्टारसँग प्रतिस्पर्धा गर्नेछ ।

सोनाम जाङ्गपो भुटियाको कप्तानीमा रहेको थण्डरबोल्ट युनाइटेडका भारतको विभिन्न लिग खेलेका खेलाडीहरु समावेश छन् । यस्तै नेपाली खेलाड सुरज ज्यु ठकुरी पनि थण्डरबोल्टबाट खेल्दैछन् ।

उता उज्वेकिस्तानी क्लबमा पनि नेपालमा आएर खेलिसकेका खेलाडी छन् । पछिल्लो पटक ए डिभिजन लिगमा खेलेका साइदजमोल यस पटक आहरारा पोखरा गोल्डकप खेल्दैछन् । यस्तै जावलाखेलबाट ए डिभिजन लिग खेलेका अब्दुलाजिज ब्ल्याक बुल्सको प्रशिक्षकको भूमिकामा छन् ।

आहारारा पोखरा गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय