+
+
Shares

गोरखाका ६७ वर्षीय एक पुरुष मंगलबारदेखि सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते ९:०७

२९ माघ, काठमाडौं । गोरखाका एक पुरुष मंगलबारदेखि काठमाडौंबाट सम्पर्कविहीन भएका छन् । गोरखाका ६७ वर्षी शंकरप्रसाद अर्याल मंगलबारदेखि काठमाडौं वनस्थलीबाट हराइरहेको उनको परिवारले जनाएको छ ।

वनस्थली खरिबोटस्थित निवासबाट मंगलबार बिहान मन्दिर दर्शन गर्न भन्दै निस्किएका शंकरप्रसाद घर नफर्किएको छोरा दिनेश अर्यालले बताए । अर्यालले प्रयोग गर्ने गरेको मोबाइल समेत घरमै छाडेर हिँडेका थिए । ५ फिट ३ इन्च अग्ला अर्याल कालो ज्याकेट, पाइन्ट र स्पोट्स जुत्ता लगाएको छोरा दिनेशले बताए ।

‘आमालाई मन्दिर जान्छु भनेर घरबाट निस्कनु भएको रहेछ’, दिनेशले भने ‘हामीले आफन्त र जानसक्ने सम्भावित ठाउँहरुमा उहाँको खोजी गरिसक्यौं तर कतै पनि फेला पर्नु भएको छैन ।’ परिवारले यसबारे प्रहरीलाई पनि जानकारी गराइएको र भेटेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?