+
+
Shares

रास्वपालक्षित कांग्रेस सांसद्को आक्रोश- विधिको शासन नसिकाउनू

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १६:२६

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले आफूहरूलाई विधिको शासन नसिकाउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ इंगित गर्दै यस्तो बताएका हुन् ।

आफ्नो पार्टीका नेताहरू थुनामा हुँदा कहिल्यै पनि अदालतकै अगाडि नारा लगाउने र प्रदर्शन गर्नेजस्ता कार्य आफ्नो पार्टीबाट नभएको उनको भनाइ थियो ।

‘हाम्रो पार्टीको नेता थुनामा हुँदा हामीले कहिल्यै अदालतको अगाडि नारा लगाएनौं । कहिल्यै विरोध प्रदर्शन गरेनौं । कहिले वकिललाई पिट्न गएनौं,’ उनले भने, ‘तर आज कतिपय लोकप्रिय पार्टीले अदालतको अगाडि नारा, जुलुस गराएका छन् । वकिललाई पनि पिट्न सिकाएका छन् । त्यसैले विधिको शासनको बारेमा हामीलाई कसैले नसिकाओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?