+
+
Shares

आगामी निर्वाचनसम्म स्थानीय तहको संख्या ५ सय १ बनाऔं : सांसद घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १८:३८

२९ माघ, काठमाडौं । नेकपा एमाले सांसद वासुदेव घिमिरेले स्थानीय तहको पुनःसंरचना आवश्यक भएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले नेपालको संघीय संरचनालाई थप प्रभावकारी र आर्थिक रुपमा व्यवहारिक बनाउन स्थानीय तहको पुनःसंरचना आवश्यक रहेको तर्क गरेका हुन् ।
हालको अवस्थामा कुल ७५३ स्थानीय तहहरू रहेको भन्दै यसले राज्यलाई ठूलो आथिक भार परेको उनले बताए ।

आगामी निर्वाचनसम्म कुल ५०१ स्थानीय तहको प्रस्ताव कार्यान्वयन गर्नसके वार्षिक झन्डै ३० अर्बसम्मको व्ययभार कटौती गर्न सकिने उनको भनाइ छ ।

‘नेपालको संघीय संरचनालाई थप प्रभावकारी र आर्थिक रुपमा व्यवहारिक बनाउन स्थानीय तहको पुनःसंरचना आवश्यक देखिन्छ । हालको अवस्थामा कुल ७५३ स्थानीय तहहरू छन् । जसले राज्यलाई ठूलो आर्थिक भार पारेको छ । आगामी निर्वाचनसम्म कुल ५०१ स्थानीय तहको प्रश्ताव कार्यान्वयन गर्नसके वार्षिक झन्डै ३० अर्बसम्मको व्ययभार कटौती गर्न सकिन्छ,’ सांसद घिमिरेले भने ।

प्रस्तावित संरचनाअनुसार महानगरपालिकाको संख्या १०, उपमहानगरपालिकाको १५, नगरपालिका २२५, गाउँपालिका २५१ गरी ५०१ वटाको संरचना निर्माण गर्न जरुरी रहेको बताए ।

‘प्रस्तावित संरचनाअनुसार महानगरपालिकाको संख्या १०, उपमहानगरपालिकाको १५, नगरपालिका २२५, गाउँपालिका २५१ गरी ५०१ वटाको संरचना निर्माण गर्न जरुरी छ । हालको संघीय संरचनाभित्रै रहेर यो परिवर्तन सम्भव छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?