+

यू-१९ विश्‍वकप छनोटका लागि दोस्रो चरणको क्याम्प घोषणा

२०८१ माघ  २९ गते १८:४९ २०८१ माघ २९ गते १८:४९
यू-१९ विश्‍वकप छनोटका लागि दोस्रो चरणको क्याम्प घोषणा

२९ माघ, काठमाडौं । आगामी अप्रिलमा नेपालमा हुने आईसीसी यू-१९ विश्‍वकप एसिया छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको क्याम्प घोषणा गरेको छ ।

प्रारम्भिक चरणको ३६ सदस्यीय टोलीबाट १२ खेलाडीहरू कटौती गर्दै क्यानले २४ सदस्यीय टोलीसहित दोस्रो चरणको क्याम्पको घोषणा गरेको हो ।

माघ १५ देखि २२ गतेसम्म भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा ३६ खेलाडीहरूलाई तीन टोलीमा विभाजन गरेर युथ कपको आयोजना भएको थियो ।

उक्त युथ कपमा खेलाडीहरूले गरेको प्रदर्शनका आधारमा २४ खेलाडीहरूलाई दोस्रो चरणको क्याम्पमा समावेश गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

‘यो युथ कपबाट धेरैभन्दा धेरै प्रतिभाहरूले मौका पाएका थिए, त्यहीँ गरेको प्रदर्शनका आधारमा दोस्रो फेजका  लागि क्याम्प बोलाइएको छ’ लामाले भने ।

क्याम्पको आयोजनाले खेलाडीहरूको प्रतिभा जान्ने अवसर मिलेको बताउँदै प्रवक्ता लामाले उत्कृष्ट टोली बनाउनका लागि क्याम्पले धेरै सहयोग पुग्ने बताए ।

दोस्रो चरणमा छनोट गरिएका यू-१९ पुरूष खेलाडीहरूमा अभिषेक तिवारी, दिलसाद अलि, सोहेल कुँवर, नरेन भट्ट, सुर्यान्सु कोइराला, रोशन विश्वकर्मा, सन्तोष यादव, दयानन्द मण्डल, अपराजित पौडेल, सिब्रिन श्रेष्ठ, राजेश बोहरा, नीरज कुमार यादव, दीपक सेरला, युवराज खत्री, रुहुल हक, विपिन प्रसाद शर्मा, प्रतीक पोखरेल, साहिल पटेल, रोहन साह, अरबिन घर्ती, सुदिप अर्याल, दर्श सोनार, अमर मिश्र, नितिस पटेल छन् ।

आईसीसी यू-१९ विश्‍वकप एसिया छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय