+
+
Shares

धनगढीमा डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ

सडकमा हतियारसहित ‘हरहर महादेव’ भन्दै हिंडिरहेका युवकले नियन्त्रण लिन खोज्दा प्रहरीलाई चक्कु प्रहारको प्रयास गरेका हुन् । डिउटीमा रहेका प्रहरी भागेर बचेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते ७:१७

३० माघ, धनगढी । मंगलबार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ ।

राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहारको प्रयास गरेको देखिन्छ ।

प्रहरी स्रोतका अनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । तर, प्रहरीले घटनाबारे औपचारिक रुपमा जानकारी दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?