+
+
Shares

चलचित्र विकास बोर्डले जनकपुरमा चलचित्र शिविर सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १४:०७

चलचित्र विकास बोर्डले मधेस प्रदेशको जनकपुरमा फागुन १३, १४ र १५ गते चलचित्र शिविर सञ्चालन गर्ने भएको छ । मधेसमा चलचित्रबारे अभिरुची र चेतना जागृत गराई त्यहाँको बजारलाई विस्तार र सुदृढ बनाउने उद्देश्यले चलचित्र शिविर सञ्चालन गर्न लागिएको बोर्ड अध्यक्ष दिनेश डिसीले बताए।

मधेसमा नेपाली तथा मातृभाषा चलचित्रको अवस्था, बजार तथा दर्शक रुचीको अध्ययन/सर्वेक्षण पनि गरिने डिसीले जानकारी दिए । मधेशका युवा चलचित्रकर्मीलाई चलचित्र नीति, विधिबारे अभिमूखिकरण गर्ने, मधेसी समाजका मौलिक, नवीन, उत्कृष्ट कथाहरुको खोजी गर्ने, चलचित्र सम्बन्धी विषयक्षेत्रबारे बहस-विमर्श गर्ने उद्देश्यले पिन चलचित्र शिविर सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

‘चलचित्र शिविर कार्यक्रम नेपाली चलचित्र उद्योगमा दूरगामी प्रभाव पार्ने एक विशेष अभियान हो’ डिसीले भने, ‘यो चलचित्रीय कार्यक्रम मात्रै होइन, चलचित्रमार्फत देश जोड्ने एक महत्वपूर्ण सेतु हो।’ समभावको व्यवहार र संस्कृति विकास गरी सामाजिक-साँस्कृतिक सदभाव, सहिष्णुता र राष्ट्रिय एकतालाई सबल बनाउने एउटा सांस्कृतिक एकीकरणको एक प्रयास भएको डिसीले प्रस्ट्याए ।

बोर्डले चलचित्र शिविर अभियान सञ्चान गर्न बोर्ड सदस्य केएल बुढाथोकीलाई संयोजक तोकेको छ । संयोजक बुढाथोकीका अनुसार चलचित्र शिविरमा चलचित्र प्रदर्शन, पोष्टर तथा फोटो प्रदर्शनी, परामर्श सेवा, कार्यशाला, चलचित्र सम्बन्धी अभिमुखीकरण, अन्तर्क्रिया, संवाद, संगोष्ठी, चलचित्र सम्मेलन जस्ता कार्यक्रम हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?