+
+
Shares

प्रादेशिक आमसञ्चार विधेयक सच्याउँछौं : मुख्यमन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १४:१२

३० माघ, विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आमसञ्चार विधेयक सहमतिमा अघि बढ्ने बताएका छन्।

विराटनगरमा बुधबार प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्‌घाटनमा बोल्‍दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले भने, ‘ सरकार प्रादेशिक सञ्चार विधेयकमा भएको कमजोरी सच्याउन तयार रहन्छ । त्यसका लागि दलहरूसँग विधेयकमाथि पर्याप्त छलफल गर्छौं।’

मुख्यमन्त्री कार्कीले संघीय सरकारले ल्याएको अध्यादेशको विषयमा अनावश्यक रुपमा बखेडा झिक्न खोजेको बताए ।

‘सरकारले ल्याउने विधेयकका विषयमा दलका नेताहरुले पनि विरोध गरिरहेको सुनिन्छ तर अध्यादेश संवैधानिक हो, उनले भने,’ सदनबाट पारित नभए खारेज हुन्छ तर अध्यादेश ल्याउन नपाउने भन्ने हुन्न।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?