+

चर्च ब्वाइजलाई हराउँदै पुलिस आहारारा पोखरा गोल्डकपको फाइनलमा

२०८१ माघ  ३० गते १७:०० २०८१ माघ ३० गते १७:००
चर्च ब्वाइजलाई हराउँदै पुलिस आहारारा पोखरा गोल्डकपको फाइनलमा

३० माघ, पोखरा । नेपाल पुलिस क्लब पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल तथा प्रतियोगिताकै २५०औं खेलमा चर्च ब्वाइज युनाइटेडलाई हराउँदै पुलिस उपाधिनजिक पुगेको हो ।

पुलिसको जितमा सन्जिव लामाको गोल निर्णायक रह्यो । उनले ५८औं मिनेटमा २५ यार्ड टाढाबाट प्रहार गरेको बल गोलरक्षकलाई चक्मा दिँदै गोल भएको थियो । नजिकैबाट गएको बलको गोलरक्षक टिकेन्द्र थापाले मेसो पाउन सकेनन् ।

आहारारा पोखरामा पुलिसले आफ्नो ५०औं खेललाई जितसहित स्मरणिय बनायो । पुलिस २०७६ सालपछि आहारारामा फाइनल पुगेको हो । पुलिसको यो ११औं फाइनल हो । पुलिसले ६ पटक उपाधि जित्दा ४ पटक उपविजेता बनेको छ ।

पुलिसले अब उपाधिका लागि थ्री स्टार र ब्ल्याक बुल्स एफसीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

आहारारा पोखरा गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय