+
+
Shares

विद्युत् प्राधिकरणको गल्तीले बबरमहलमा पाइप फुट्यो : खानेपानीमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १७:४१

३० माघ, काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको बताएका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर बबरमहल पुगेका मन्त्री यादवले यस्तो बताएका हुन् ।

‘विद्युत् प्राधिकरणको गल्तीले यस्तो भएको हो । विद्युत् प्राधिकरणले हामी र केयूकेएलसँग नसोधि काम गर्‍यो । त्यसकै कारणले यस्तो घटना घटेको हो,’ मन्त्री यादवले भने, ‘लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको छ ।’

उनले पााइप ठूलो भएका कारणले त्यहाँ बाँकी भएको पानी आइरहेको बताए ।

‘सबै पाइपको पानी सकिएपछिमात्रै पानी रोकिन्छ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?