
३० माघ, काठमाडौं । नाबालिकाको अश्लील भिडिओ बनाएर बाबुलाई पठाउँदै ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बनस्थली बस्ने २० वर्षीय आयुष कुँवर रहेका छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
उनले एक नाबालिकलाई स्न्याप च्याटमा साथी बनाई ती नाबालिकाको अश्लील भिडिओ बनाएर उनका बाबुलाई पठाएको आरोप छ ।
घटनाबारे नाबालिकाका बाबुले प्रहरीमा जानकारी गराएपछि कुँवरलाई पक्राउ गरिएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।
प्रतिक्रिया 4