+
+
Shares

निजी आवास पुनर्निर्माण गर्न अर्थले गर्‍यो ३ अर्ब निकासा

अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकबीच निजी आवाससहित अन्य भौतिक संरचना पुनर्निर्माण व्यवस्थित रूपमा अगाडि बढाउनेबारे छलफल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते २२:४७

३० माघ, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण गर्न अर्थ मन्त्रालयले ३ अर्ब रुपैयाँ निकासा गरेको छ ।

बुधबार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकबीच निजी आवास सहित अन्य भौतिक संरचना पुनर्निर्माण व्यवस्थित रूपमा अगाडि बढाउने बारे छलफल भएको छ ।

त्यसपछि मन्त्रालयले ३ अर्ब रुपैयाँ निकासा गरेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

एक वर्षअघि पश्चिम नेपालमा गएको भूकम्प र यस वर्ष मनसुनका कारण घरबार गुमाएका नागरिकको आवास पुनर्निर्माणमा भइरहेको ढिलाइका कारण सरकारको आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?