+

एक्सेल्सियर कप : आयोजकसहित रेडियन्ट, रिब्स र स्वर्णिम सेमिफाइनलमा

२०८१ माघ  ३० गते २०:४५ २०८१ माघ ३० गते २०:४५
एक्सेल्सियर कप : आयोजकसहित रेडियन्ट, रिब्स र स्वर्णिम सेमिफाइनलमा

३० माघ, काठमाडौं । रेडियन्ट पब्लिक, रिब्स, स्वर्णिम र आयोजक द एक्सेल्सियर स्कुल ११औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गर्ल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

रेडियन्ट पब्लिकले ल्यान्डमार्क एकेडेमीलाई २३–१० ले पराजित गर्‍यो । रेडियन्टकी दिब्यान्शा कार्कीले १३ अंक जोडिन् । रिब्सले एलआरआईलाई १५–९ ले हरायो । रिब्सकी सुप्रिया मल्लले ६ स्कोर गरिन् ।

स्वर्णिमले ग्यालेक्सी पब्लिकलाई २२–८ ले पाखा लगायो । स्वर्णिमकी हिसील्हामु लामाले ११ अंक बटुलिन् । एक्सेल्सियरले द चाँदबागलाई १४–१२ ले पन्छायो । एक्सेल्सियरकी अकिना घिमिरेले ९ स्कोर गरिन् ।

त्यसैगरी एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा न्यु जेनिथले काभ्यालाई २–०, एक्सेल्सियरले भ्याली भ्युलाई ३–०, राई स्कुलले चाँदबागलाई १–० र स्वस्तिश्री गुरुकुलले जोन डेवीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–१४ मा एक्सेल्सियर ‘रातो’ ले इम्पेरियल वल्र्डलाई २–०, विद्यावाणी पाठशालाले मेगसलाई ३–०, एक्सेल्सियर ‘नीलो’ ले जोन डेवीलाई ५–१ र काठमाडौं लिङ्कनले बोधीसत्वलाई १–० गोलले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

यू–१६ मा निःसर्ग वाटिकाले रेडियन्ट पब्लिकलाई ३–०, रिब्सले ग्यालेक्सीलाई २–०, स्वस्तिश्री गुरुकुलले न्यु एरा एकेडेमीलाई टाइब्रेकर र बोधीसत्वले एक्सेल्सियरलाई टाइब्रकेरमा हराउदै सेमिफाइनल यात्रा तय गरे ।

यू–९ उमेरसमूमा एक्सेल्सियरले संस्कृति तथा राई स्कुलले काभ्यासंग यसअघिनै सेमिफाइनल भिडन्त पक्का गरिसकेका छन् ।

एक्सेल्सियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय