
३० माघ, काठमाडौं । अर्थ मन्त्रालयमा सहसचिवको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रीस्तरीय निर्णयबाट सहसचिवहरूका जिम्मेवारी हेरफेर गरिएको हो ।
सहसचिव मदन दाहाललाई आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । उनी अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख थिए ।
यस्तै, योजना अनुगमन तथा मूल्यांकन महाशाखाबरा प्रमुख महेश भट्टराईलाई भन्सार विभागको महानिर्देशक बनाइएको छ ।
सहसचिव थानप्रसाद पंज्ञानीलाई मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको छ । यसअघि उनी मन्त्रालयकै वित्तीय संघीयता समन्वय महाशाखामा थिए । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका सहसचिव शोभाकान्त पौडेललाई मन्त्रालय ल्याइएको छ र आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ ।
आर्थिक नीति विश्लेषण महाशाखाका सहसचिव महेश आचार्यलाई तालिम प्रमुख बनाइएको छ । उनलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ ।
यसैगरी, सहसचिव तीर्थराज चिलुवाललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेललाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पठाइएको छ ।
सहसचिव पार्वती अर्याललाई प्रमुख भन्सार परीक्षण प्रशासक भन्सार जाँचपास पछिको परीक्षण कार्यालयमा जिम्मेवारी तोकिएको छ भने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश बराललाई वित्रीय संघीयता समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ ।
मन्त्रालयले भन्सार विभागकी उपमहानिर्देशक यमुना प्रधानलाई महालेखा नियन्त्रकको कार्याल्यमा सहमहालेखा नियन्त्रकको जिम्मेवारी सुम्पिएको छ ।
आन्तरिक राजस्व विभागका उपमहानिर्देशक गोपीकृष्ण कोइरालालाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख अमृत लम्साललाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ । यस्तै, महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक श्यामप्रसाद भण्डारीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिइएको छ ।
यस्तै सूचना प्रविधि विज्ञ श्रीचन्द्र साहलाई आन्तरिक राजस्व विभागमा खटाइएको छ ।
प्रतिक्रिया 4