+

प्रिमियर लिगमा लिभरपुल र एभर्टनको नाटकीय बराबरी

२०८१ फागुन  १ गते ८:५२ २०८१ फागुन १ गते ८:५२

इन्जुरी समयको आठौं मिनेटमा गोल गर्दै एभर्टनले लिभरपुललाई बराबरीमा रोकेको हो । खेल सकिने क्रममा दुवै टोलीका खेलाडीले रातो कार्ड समेत पाएका थिए ।

प्रिमियर लिगमा लिभरपुल र एभर्टनको नाटकीय बराबरी

१ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा मर्सीसाइडका दुई क्लब लिभरपुल र एभर्टनले रोमाञ्चक बराबरी खेलेका छन् । गएराति भएको खेल २-२ को बराबरीमा सकिएको हो ।

इन्जुरी समयको आठौं मिनेटमा गोल गर्दै एभर्टनले लिभरपुललाई बराबरीमा रोकेको हो । खेल सकिने क्रममा दुवै टोलीका खेलाडीले रातो कार्ड समेत पाएका थिए ।

लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र मोहमद सालाहले गोल गरे भने एभर्टनका बेटो र जेम्स तारकोस्कीले गोल गरे । इन्जुरी समयको १२औं मिनेटमा एभर्टनका अब्दुलाए डोकोरे र लिभरपुलका कर्टिस जोन्सले रातो कार्ड पाएका थिए ।

खेलको ११औं मिनेटमा बेटोले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि म्याक एलिस्टरले‌ गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ७३औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई‌ खेलमा अगाडि ल्याए । तर लामो समय चलेको इन्जुरी समयको आठौं मिनेटमा तारकोस्कीले गोल गरेपछि लिग लिडर लिभरपुल अंक बाँड्न बाध्य भयो ।

बराबरीपछि लिभरपुलको २४ खेलबाट ५७ अंक भएको छ । दोस्रो स्थानको आर्सनलभन्दा लिभरपुल अझै पनि ७ अंकले अघि छ । एभर्टन २७ अंकसहित १५औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग एभर्टन मर्सीसाइड डर्बी लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय