+

१९औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ८० विदेशीसहित १५० धावक सहभागी

२०८१ फागुन  १ गते १३:२१ २०८१ फागुन १ गते १३:२१
१९औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ८० विदेशीसहित १५० धावक सहभागी

१ फागुन, पोखरा । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने १९औं सफल पोखरा म्याराथन फागुन ३ गते हुने भएको छ। पोखरामा बिहीबार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको हो।

पोखरालाई दौड संस्कृतिको विकास गरी स्वस्थ्य र मानसिक रुपमा नागरिकहरुलाई सचेतना प्रदान गर्न उद्देश्यका साथ हुन लागेको यस म्याराथनमा विभिन्न १४ वटा विधाहरू हुनेछ।

यसपटक पहिलेभन्दा धावकको संख्या पनि बढेको छ । यस संस्करणमा पुरूषतर्फ २१ देशका ८० जना विदेशीसहित १५० जना सहभागी हुनेछन् भने ८ जना महिलाको पनि सहभागिता रहनेछ।

यस्तै हाफ म्याराथनमा महिला १० देशका ४० जना, हाफ म्याराथन पुरूषतर्फ १० विदेशीसहित ११० जना सहभागी हुनेछन्। त्यस्तै रन फर फनमा करिब ७ हजार सहभागी हुनेछन् ।

प्रथम हुनेले ५ लाख, दोस्रोले ३ लाख, तेस्रोले २ लाख र सान्त्वना स्वरूप चौथोदेखि ८ जनासम्मलाई ३० देखि १० हजार प्रदान गर्ने आयोजकले जनाएको छ।

सफल पोखरा म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय