+

आहारारा पोखरा गोल्डकप : उपाधिका लागि पुलिस र ब्ल्याक बुल्स भिड्ने

२०८१ फागुन  १ गते १७:२४ २०८१ फागुन १ गते १७:२४
आहारारा पोखरा गोल्डकप : उपाधिका लागि पुलिस र ब्ल्याक बुल्स भिड्ने

१ फागुन, पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको उपाधिका विभागीय क्लब नेपाल पुलिस क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाँच पटकको विजेता थ्रीस्टारलाई ४-० को फराकिलो अन्तरले हराउँदै ब्ल्याक बुल्स पहिलो सहभागितामै फाइनल पुगेको हो ।

यसअघि भएको पहिलो सेमिफाइनलमा मनाङसँगै सर्वाधिक ६ पटकको च्याम्पियन पुलिसले ए डिभिजन लिग विजेता चर्च ब्वाईजलाई १-० ले हराएर फाइनल पुगिसकेको छ ।

पुलिसले पहिलो खेलमा सहारा क्लब र क्‍वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गरेको थियो । सिधै क्‍वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई हराएको थियो ।

पुलिस ११औं पटक फाइनलमा पुगेको हो । ब्ल्याक बुल्स नेपालमा आएर खेलेको पटकपटकमै मोफसलको चर्चित फुटबलको फाइनल पुगेको हो । फाइनल खेल आउने शनिबार दिउँसो २:३० बजे हुनेछ ।

माघ २२ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विदेशीसहित १२ टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेताले १२ लाख १ हजार प्राप्त गर्नेछ ।

आहारारा पोखरा गोल्डकप नेपाल पुलिस क्लब ब्ल्याक बुल्स एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय