+

एनएसएलको साविक विजेता ललितपुरले रिटेन गर्‍यो सनिश र आदित्य

२०८१ फागुन  २ गते १४:२६ २०८१ फागुन २ गते १४:२६
एनएसएलको साविक विजेता ललितपुरले रिटेन गर्‍यो सनिश र आदित्य

२ फागुन, काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि साविक विजेता ललितपुर सिटी एफसीले सनिश श्रेष्ठ र आदित्य शाक्यलाई रिटेन गरेको छ ।

रिटेन पोलिसी अनुसार ललितपुरले दुई खेलाडी रिटेन गरेको जनाएको छ । क्याटेगोरी ए बाट डिफेन्डर सनिश र क्याटेगोरी बी बाट मिडफिल्डर आदित्यलाई रिटेन गरिएको हो ।

सनिश र आदित्य टोलीको उपाधि यात्रामा महत्वपूर्ण खेलाडीहरू रहेको जनाउँदै दुई खेलाडीलाई आगामी सिजनका लागि पनि रिटेन गरिएको क्लबका एमडी आलोकजंग जोशीले जनाएका छन् ।

यस सिजन पनि टोलीका लागि यी दुई खेलाडीले थप उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी रहेको जोशीले बताए । एनएसएलको तेस्रो संस्करणका लागि १० फागुनमा खेलाडी अक्सन हुँदैछ ।

तेस्रो संस्करणको एनएसएल १६ चैतदेखि सुरु हुनेछ । जसमा ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

ललितपुर सिटी एफसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय