+

च्याम्पियन्स ट्रफी क्रिकेटअघिको एकदिवसीय शृंखलामा अस्ट्रेलियाको खराब प्रदर्शन

२०८१ फागुन  २ गते १६:३१ २०८१ फागुन २ गते १६:३१
च्याम्पियन्स ट्रफी क्रिकेटअघिको एकदिवसीय शृंखलामा अस्ट्रेलियाको खराब प्रदर्शन

२ फागुन, काठमाडौं । आगामी साता सुरू हुने आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअघि अस्ट्रेलियाले खराब प्रदर्शन गरेको छ । श्रीलंकासँगको एकदिवसीय क्रिकेट शृंखलाका दुवै खेलमा अस्ट्रेलिया पराजित भयो ।

शुक्रबार भएको दोस्रो एकदिवसीय खेलमा अस्ट्रेलिया १७४ रनको फराकिलो अन्तरले पराजित भयो । श्रीलंकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १०७ रनमा अलआउट भएको हो ।

यसअघि पहिलो खेलमा पनि श्रीलंकाले अस्ट्रेलियालाई ४९ रनले हराएको थियो । टेस्ट शृंखलामा एकपक्षीय जित निकालेको अस्ट्रेलिया एकदिवसीय शृंखलामा भने जितविहीन बनेको हो ।

दुई खेलमा लगातार हारसहित अस्ट्रेलिया अब च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जानेछ । च्याम्पियन्स ट्रफीमा अस्ट्रेलिया समूह बी मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तानसँगै छ । शीर्ष दुईमा पर्ने टोली सेमिफाइनलमा पुग्ने छन् ।

च्याम्पियन्स ट्रफीअघि विभिन्न कारणले स्टार खेलाडीहरू गुमाएको अस्ट्रेलियाका लागि च्याम्पियन्स ट्रफीमा चुनौतीसँगै युवा बलरहरूका साथमा अर्को आईसीसी उपाधि जित्ने अवसर पनि रहनेछ ।

अस्ट्रेलियाका तीन मुख्य बलरहरू मिचेल स्टार्क व्यक्तिगत कारण, प्याट कमिन्स र जोश हेजलवूड चोटका कारण प्रतियोगिता खेल्ने छैनन् भने अलराउण्डर मिचेल मार्श चोटका कारण तथा मार्कस स्टोइनिस सन्यासका कारण प्रतियोगितामा देखिने छैनन् ।

अस्ट्रेलिया क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय