+
+
Shares

माओवादी सांसद पाण्डेको प्रस्ताव- निजामती सेवाको नाम फेरौं

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते १६:२८

२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती सेवाको नाम परिवर्तन गर्ने प्रस्ताव अघि सारेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् ।

निजामति सेवाको नाम मन नपराउनेहरु पनि रहेको भन्दै यसको ना सार्वजनिक सेवा राख्नुपर्ने प्रस्ताव उनले गरेका हुन् ।

‘निजामती सेवाको दुई वटा कुरामा गम्भीर लागेको छ । यो निजामती नाम कसैलाई पनि मन परेको छैन । यो नाम किन राख्ने ?,’ उनले भने, ‘यसलाई सार्वजनिक सेवा भनौ वा अरु केही भनौँ । अरुनै नाम राखौँ भनेर छलफल गरेको बेकार भयो, संविधानमा जे छ त्यही राख्ने भनेर ।’

नाम परिवर्तनका लागि धेरै छलफलहरू भएपनि संविधानमा व्यवस्था भए बमोजिम नै निजामति सेवा राख्ने भनेर समय मात्रै खेर फालेको भन्दै असन्तुष्टि जनाए ।

‘श्रेणी र तहका बारेमा पनि धेरै छलफल भयो तर संविधान अनुसार गर्न त्यो पढेर आउनुपर्छ, त्यो सकिँदैन । बेकारमा समय गइरहेको छ,’ उनले भने ।

समितिमा निजामती सेवासम्बन्धी विधेयकमाथि छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?