+
+
Shares

अलिपे प्लसबाट स्मार्ट क्यूआरमा भुक्तानी गर्न एससीटी र एनसीएचएलबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते १६:५२

काठमाडौं । अलिपे प्लसबाट स्मार्ट क्यूआरमा भुक्तानी गर्न स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार अलिपेका १.६ बिलियनभन्दा धेरै प्रयोगकर्ताहरूले स्मार्ट क्यूआरमा आबद्ध मर्चेन्टलाई भुक्तानी गर्न पाउनेछन् ।

देश तथा विदेशका ग्राहकलाई मध्यनजर गरेर गरिएको यस सम्झौतापछि स्मार्ट क्यूआरका मर्चेन्टहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ ।

अलिपे प्लसले चीन, फिलिपिन्स, मलेसिया, साउथ कोरिया, थाइल्यान्ड, इन्डोनेसिया लगायत देशका ई वालेन र मोबाइल बैंकिङ मार्फत अन्तरदेशीय भुक्तानी सेवा दिँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?