+
+
Shares

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते १९:४७

काठमाडौँ, २ फागुन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरू सहभागी छन् ।

बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।

यसअघि यसै साता दुुई पटक संयन्त्रको कार्यदलको सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?