+

कोशी प्रिमियर लिग क्रिकेट यसपटक टी-२० फर्म्याटमा

२०८१ फागुन  २ गते २०:०९ २०८१ फागुन २ गते २०:०९
कोशी प्रिमियर लिग क्रिकेट यसपटक टी-२० फर्म्याटमा

२ फागुन, काठमाडौं । यही फागुन ५ देखि हुने दोस्रो संस्करणको कोशी प्रिमियर लिग क्रिकेट यसपटक टी-२० फर्म्याटमा हुने भएको छ ।

गत संस्करण १००-बल फर्म्याटमा खेलिएको कोशी प्रिमियर लिग यसपटक टी-२० फर्म्याटमा हुन लागेको हो । फागुन १७ सम्म चल्ने प्रतियोगिता खेल्ने ७ टिमको पनि टुंगो लागेको छ ।

प्रतियोगितामा इटहरी आदर्श जायन्ट्स, नमुना ब्लास्टर्स, पूर्वेली सुपर किंग्स, भोक्राह नरसिंह अर्नाज, बलान बिउल सप्तरी टाइगर्स  दुहबी क्यापिटल्स, एनबीएससी लायन्सले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली राष्ट्रिय खेलाडीहरू पनि विभिन्न टिममा देखिनेछन् । कुशल मल्ल, कुशल भुर्तेल, भीम सार्की, सन्दीप जोरा, साहब आलम, गुल्शन झा, आसिफ शेखलगायतका खेलाडीहरू प्रतियोगितामा खेल्ने छन् ।

सिंगल राउन्ड रोबिन लिग खेलाइने प्रतियोगितामा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । उपाधि विजेताले ५ लाख ५ हजार ५०५ रुपैयाँ नगद प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ३ हजार ३०५ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्याटर र बलरले १५-१५ हजार पाउनेछन् ।

भोक्राहा नरसिंह गाउँपालिकाको डा. खालिल आजाद मैदानमा सञ्चालन हुने प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) को स्वीकृतिँगै सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा हुन लागेको हो ।

कोशी प्रिमियर लिग क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय