+
+
Shares

४ महिनामा सकियो ‘बलिदान’को छायांकन, दशैंमा आउला ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ३ गते ११:१५

काठमाडौं । ४ महिनामा सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’को छायांकन सकिएको छ । पहिलो र दोस्रो चरण गरि फिल्मको सबै छायांकन टुुंगिएको निर्देशक सन्तोष सेनले जनाए ।

मोरङको हसिना सिमसार क्षेत्रमा अन्तिम दृश्य खिचियो । कोशी प्रदेशका विराटनगर, इटहरी, रंगेली, कानेपोखरीमा फिल्म खिचिएको छ । केही दिनमा पोस्ट-प्रोडक्सन सुरु हुने सेनले जनाए ।

एक्सन तथा ‘पलिटिकल ड्रामा’मा समीर भट्टको शीर्ष भूमिका छ । पहिलो र दोस्रो चरणको छायांकन गर्दा बजेट निकै महंगो भएको उनले बताए ।

‘कन्टेन्ट हेवी भयो । साउथको फाइट टीम ल्याउँदा महंगो पर्न गयो’ सेनले भने । फिल्मको रिलिज मिति भने टुंगो लागेको छ । ‘रिलिज कहिले गर्ने भन्ने कुरा भीएफएक्ससहितका काममा निर्भर हुन्छ । अहिलेसम्म रिलिज डेट टुंगो लागेको छैन । भदौ वा अन्तिम विकल्प भनेको दशैं हो’ उनले भने ।

‘प्रदर्शन मितिबारे मिडियामा आइरहेका कुरामा सत्यता छैन । यो सबै कुराको कामको गतिमा निर्भर हुन्छ’ सेनले भने । फिल्ममा भट्टसहित ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव, कामेश्वर चौरसिया लगायतको अभिनय छ ।

दक्षिण भारतीय स्टन्डर सामले एक्सन कोरियोग्राफी गरेका छन् । फिल्ममा पवन ब्राडफोर्ड बिष्ट निर्माता र प्रेम पुरी सहनिर्मातामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?