+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शान्ति सैनिकमाथि लेबनानमा प्रदर्शनकारीको आक्रमण, नेपाली सेनाका उपरथी घाइते

शान्ति सैनिक माथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ३ गते १२:२६

३ फागुन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् ।

गएराति १२ बजेतिर राजधानी बेरुत नजिक युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर ढकाल सवार गाडीलाई प्रदर्शकारीले तोडफोड गरेका थिए । त्यसक्रममा उनी घाइते भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

‘ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी, भिडले रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएका छन्’, निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनापश्चात उहाँलाई तत्कालै उद्धार गरी यूएनको लेभल थ्री अस्पताल बेरुत पुर्‍याइएको थियो ।’

सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, हाल उनी खतरामुक्त रहेको जानकारी अस्पतालले दिएको छ ।

घटनाबारे मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ ।

शान्ति सैनिक माथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।

घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति, समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

इरानबाट आएको एउटा यात्रु विमानलाई बेरुत जाने अनुमति रद्द गर्ने सरकारी अधिकारीहरुको निर्णयविरुद्ध अहिले त्यहाँ विरोध प्रदर्शन चलिरहेको समाचार संस्था एपीले जनाएको छ ।

त्यसको विरोधमा विमानस्थल जाने मार्गसँगै राजधानी र अन्य सडकहरु अबरुद्ध पारिएका छन् ।

यो पनि, 

इजरायल–लेबनान तनाव : ८५० नेपाली शान्ति सैनिक बंकरमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?