+
+
Shares

१५औं महाधिवेशन २०८२ मा सम्भव छैन : कांग्रेस प्रवक्ता

कति समय थप्ने भन्ने निर्णय केन्द्रीय कार्यसमितिले गर्ने

तयारी नपुगेकाले पार्टीको १५ औं महाधिवेशन केही समय पछि सर्न सक्ने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ३ गते १५:४७

३ फागुन, चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको १५औं महाधिवेशन २०८२ सालमा सम्भव नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा उनले तयारी नपुगेकाले पार्टीको १५औं महाधिवेशन केही समय पछि सर्न सक्ने बताए ।

‘पार्टीको १५औं महाधिवेशन केही समय पछि सर्न सक्छ । तयारी केही पुगेको छैन । तयारीका लागि केही समय थप गर्न सकिन्छ,’ उनले भने ।

प्रवक्ता महतले विधानतः एक वर्ष ६ महिना थप्न सकिने भए पनि कति समय थप गर्ने भन्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने बताए ।

पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी हुने गरेको भन्दै त्यसले पार्टीलाई कमजोर बनाउने महतले बताए । ‘पार्टीलाई बलियो बनाउन व्यक्तिवादी प्रवृत्ति निरुत्साहित गर्नुपर्छ,’ उनले भने, ‘हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ ।’

प्रवक्ता महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने धारणा पनि व्यक्त गरे । व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको उनको भनाइ थियो ।

पार्टीभित्र एकले अर्कोलाई स्वीकार गर्ने वातावरण बनाउन आवश्यक रहेको पनि बताए । माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति देखिएको उनले जिकिर गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?