+
+
Shares

विदेश पठाइदिने भन्दै लाखौं ठगीको आरोपमा ३ पक्राउ

पीडितहरूका अनुसार पैसा लिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ३ गते १७:३७

३ फागुन, काठमाडौं । अमेरिका, क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपालचोकको बाह्रबिसे नगरपालिका– ७ का ४१ वर्षीय गणेशबहादुर थापा, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ४ काफ्लेचोकका ३९ वर्षीय दिनेशप्रसाद अधिकारी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका– ३ का दिनेश अधिकारी छन् ।

दिनेश अधिकारीले एक युवकलाई अमेरिका पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार रुपैयाँ ठगेको उजुरी परेको छ । यस्तै, गणेशबहादुर थापा र दिनेशप्रसाद अधिकारीले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनाबाट ७१ लाख ७० हजार रुपैयाँ ठगेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ ।

पीडितहरूका अनुसार पैसा लिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए । प्रहरीले तीनजनालाई राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?