+

ब्ल्याक बुल्सका सात्तोरोभ सर्वोत्कृष्ट खेलाडी, जिते टेलजी स्कुटर

२०८१ फागुन  ३ गते १८:३७ २०८१ फागुन ३ गते १८:३७
ब्ल्याक बुल्सका सात्तोरोभ सर्वोत्कृष्ट खेलाडी, जिते टेलजी स्कुटर

३ फागुन, माघ । ब्ल्याक बुल्स एफसीका फरवार्ड साभकातजोन सात्तोरोभ २४औं आहारारा पोखरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

उज्वेकिस्तानका ब्ल्याक बुल्स एफसीलाई पहिलो सहभागितामै च्याम्पियन बनाउन सहयोग गरेका सात्तोरोभ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनले एक थान टेलजी इलेक्ट्रिक स्कुटर प्राप्त गरे ।

सात्तोरोभले प्रतियोगिताभर तीन गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड समेत जिते । सात्तोरोभले ब्ल्याक बुल्सले खेलेको तीनवटै खेलमा गोल गरेका थिए । उनले थण्डरबोल्ट नर्थ युनाइटेड, थ्री स्टार र नेपाल पुलिस क्लबविरुद्ध एक-एक गोल गरे ।

सात्तोरोभ आहरारा पोखरा गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी घोषित हुने पहिलो विदेशी खेलाडी समेत बने ।

ब्ल्याक बुल्सले शनिवार भएको फाइनलमा ६ पटकको विजेता नेपाल पुलिस क्लबलाई ३-१ ले हराएर पोखरामा पहिलो सहभागितामै उपाधि जितेको हो ।

सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तासहित विधागततर्फ पनि ब्ल्याक बुल्सका खेलाडीको वर्चस्व रह्यो ।

ब्ल्याक बुल्सका जासुरबेक राजाबोभ उत्कृष्ट गोलकिपर, अलिजोन अलिजोनोभ उत्कृष्ट डिफेण्डर, अजिजबेक खुर्सोनबोएभ उत्कृष्ट फरवार्ड तथा अब्दुलाजिज उत्कृष्ट प्रशिक्षक घोषित भए । पुलिका कप्तान राम वाजी उत्कृष्ट मिडफिल्डर घोषित भए भने पुलिसकै सन्जिव लामाले इमर्जिङ प्लेअरको अवार्ड जिते ।

 

साभकातजोन सात्तोरोभ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय