+
+
Shares

मिसन ०८४ को अभियान कसैले रोक्न सक्दैन : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १९:५४

५ फागुन, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब अलमल नगरी मिसन ०८४ तिर लाग्नुपर्ने बताएका छन् ।

सोमबार लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा आयोजित जनसभालाई सम्बोधन गदै उनले मिसन ०८४ को अभियानलाई कसैले पनि रोक्न नसक्ने जिकिर गरे ।

‘हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन,’ प्रधानमन्त्री ओलीले भने ।
साथै, उनले सरकारले ल्याएका अध्यादेशहरू संसद्बाट पारित गरेरै छाड्ने बताए ।

‘पहिला मैले सुरुङ, पानीजहाज र रेलका कुरा गर्दा धेरैले गिज्याए, अहिले जनकपुरमा त रेल चलिरहेको छ, त्यो विस्तार हुँदै छ, अब नारायणी नदीबाट तपाईँहरू जलयात्रा सुरु गर्न सक्नुहुन्छ, त्यसलाई गंगासम्म लैजान सक्नुहुन्छ,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउँदै महासचिव शंकर पोखरेललाई चुनाव जिताएर नपठाउँदा विकासको अभियान अघि बढाउन आफूलाई केही समस्या भएको बताए ।

त्यस्तै, पार्टीका महासचिव शंकर पोखरेलले पनि सोही कार्यक्रममा सम्बोधन गर्दै सरकारले जारी गरेका अध्यादेशहरू संसद्बाट पारित हुने बताए ।

अध्यादेश संसद् छल्न नभई जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नकालागि ल्याइएको दाबी गरे ।

‘अध्यादेश संसद छल्न होइन । संसदबाट लैजाँदा ढिला हुने भएकाले ल्याउनु परेको हो,’ महासचिव पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?