+
+
Shares

दंगाली मतदाताको प्रधानमन्त्रीबाट अपमान भयो : सांसद शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते २०:४३

५ फागुन, दाङ । पूर्वसञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले प्रधानमन्त्री दाङ पुगेर मतदाताको अपमान गरेको बताएकी छिन् ।

नेकपा एमालेले दाङको घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरे भन्नु सिंङ्गो मतदाता प्रतिको अपमान गरेको बताएकी हुन् ।

प्रधानमन्त्री ओलीले पोखरेले चुनाव जित्दा दाङको विकास गर्न धेरै सहज हुने थियो भन्ने कुरा गलत भएको टिप्पणी गरिन् ।

आम मतदाताले कुन दल र कुन उमेदवारलाई भोट हाल्ने भन्ने कुरा मतदाताको अधिकार भएको प्रतिक्रिया दिदै शंकर पोखरेललाई दंगाली जनताले हराएर गल्ती गरे भन्नु सिंङगो दङ्गाली जनताप्रति नै अपमान गरेकोमा खेत प्रकट गरिन् । २०७४ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रकै साहारामा चुनाव जितेको प्रधानमन्त्री ओलीले नभुल्न नहुने बताइन् ।

प्रतिनिधीसभा दाङ क्षेत्र नं.२ बाट निर्वाचित पूर्वमन्त्री शर्माले शंकर पोखरेले माओवादी केन्द्रको सहयोग बिना चुनाव जित्न नसक्ने दाबी गरिन् । एमाले पार्टीले विकास गर्ने नाममा जनतालाई ढाटेर कमिशन पाउने आशामा आफू निकटका मान्छेलाई घोराही, तुलसीपुर चारलेन सडकको ठेक्का दिएको बताउँदै एमालेकै कारण चार लेन सडक बन्न नसकेको प्रतिक्रिया दिइन् ।

२०७९ मंसिरमा प्रतिनिधिसभा चुनावमा दाङ-२ बाट एमाले महासचिव शंकर पोखरेल पराजित भएका थिए । उनलाई माओवादीकी रेखा शर्माले १०३ मतले हराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?