+
+
Shares

गतसाता युट्युवमा धेरै हेरिएका १० नेपाली गीत, शीर्षस्थानमा कुन छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १२:१५

काठमाडौं । गतसाता युट्युवमा धेरै हेरिएका नेपाली गीतको शीर्षस्थानमा दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ कायमै छ । ७ हप्ताअघि रिलिज भएको गीतलाई पछिल्लो ७ दिनमा मात्र ३१ लाख पटकभन्दा धेरै हेरिएको छ ।

दोस्रो स्थानमा बालेनको गीत ‘नेपाल हाँसेको’ छ, जसलाई १७ लाखभन्दा धेरै पटक हेरिएको छ । शनिबारसम्मको युट्युव डेटा भएकाले बालेनको गीतको भ्यूज कम देखिन सक्छ । तर, यो गीतलाई अहिलेसम्म ३४ लाखभन्दा धेरै पटक हेरिएको छ ।

फिल्म ‘लाज शरणम’मा समावेश बालेनको उक्त गीत फेब्रुअरी १० मा युट्युवमा स्ट्रिमिङ भएको हो । यो गीत नेपालसहित केही मुलुकको युट्युव ट्रेन्डिङमा छ ।

गतसाता धेरै हेरिने सूचीको तेस्रो स्थानमा शान्तारानी परियारको गीत ‘म त ढलेँ ढलेँ’ छ, यो गीतलाई गतसाता १६ लाख पटक हेरिएको छ । चौंथो स्थानमा एसडी योगीको ‘रुकुम मैकोट’ छ, जसलाई १४ लाख पटक हेरिएको छ ।

पाँचौं स्थानमा कविता खत्री र खेम सेञ्चुरीको ‘नमस्ते ढोग्दिया’ छ, जसलाई १२ लाख पटक हेरिएको छ । छैटौं स्थानमा सुशान्त केसी र इन्द्रकला राईको बहुचर्चित गीत ‘बार्दली’ छ । यो गीतलाई ८८ हजार पटक हेरिएको छ ।

सातौं स्थानमा फिल्म ‘फेरी रेसम फिलिली’मा समावेश कालीप्रसाद बासकोटाको गीत ‘फेरी जालमा’ छ, जसलाई ८१ हजार पटक हेरिएको छ । आठौं स्थानमा बाबुकृष्ण परियारको ‘कश्मिरे पछ्यौरी’ छ । नवौं स्थानमा के-पप ब्याण्ड बेबीमोनस्टरको ‘बिलियनेयर’ र दशौं स्थानमा बलिउड गीत ‘राझंना’ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?